फेरी ७०० ले घट्यो सुनकोे मूल्य, कतिमा हुदै छ कारोबार ?

२ बर्ष अगाडि

काठमाडौं - आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबारको तुलनामा आज ७०० रुपैयाँले सुनको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला  ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार हुने भएको छ ।  

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेकोे छ ।  

आइतबार प्रतितोला १ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया