गायक दीप श्रेष्ठलाई २ लाख सहयोग

२ बर्ष अगाडि

काठमाडौं - गायक दीप श्रेष्ठलाई संगीतकार संघले नगद २ लाख सहयोग गर्ने भएको छ । 

कोरोना संक्रमित भएपछि लामो समय अस्पताल बसेर केही दिन अगाडि फर्किएका श्रेष्ठलाई संघले उक्त सहयोगका लागि निर्णय समेत गराएको छ । जसको जानकारी संघका अध्यक्ष पारस मुकारुङले सामाजिक संजाल मार्फत बाहिर ल्याएका छन् ।

श्रेष्ठलाई संघले उक्त रकम संगीतकर्मी कल्याणकारी कोषबाट दिएको हो । दीप श्रेष्ठको नाममा काटिएको चेकको फोटो समेत फेसबुकमा राख्दै अध्यक्ष मुकारुङले लेखेका छन् ‘नेपाली संगीतका एक हस्ती बरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठ ज्यु कोभिड-१९ लाई जितेर हस्पिटलदेखि डिस्चार्ज हुनु भएको छ । उहाँको शिघ्र स्वस्थ लाभको कामना गर्दै संगीतकर्मी कल्याणकारी कोषबाट संगीतकार संघले  आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।’

मुकारुङले श्रेष्ठको स्वास्थ्यलाभको कामना गर्दै संगीतकार संघलाई सहयोगका लागि धन्यवाद समेत दिएका छन् । गायक श्रेष्ठ पछिल्लो समय रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा कोचको रुपमा देखिँदै आएका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया