अब नेपालको आकाशमा विदेशी हवाइ यात्रुले पाउने भए इन्टरनेट सेवा, कुन-कुन कम्पनीबाट ?

२ बर्ष अगाडि

 काठमाडौं - नेपालको आकाशमा उड्ने विदेशी एयरलाइन्सका यात्रुलले अब १० हजार फिट माथि इन्टरनेट सुविधा लिन सक्ने भएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको योजना अनुसार नेपालको आकाशमा उच्च गतिको इन्टरनेट सुविधा उपलब्ध गराइएको हो । अन्य देशको आकाशमा इन्टरनेट सुविधा भएपनि नेपालका आकाशमा भने यो सुविधा थिएन । 

अब भने विदशी एयरलाइन्सका यात्रुले यस्तो सुविधा लिन सक्ने भएका हुन् । हालै नेपाली आकाशमा इन्टरनेट सेवा उपलब्ध गराउन दुई ओटा कम्पनीले प्राधिकरणबाट स्वीकृती पाएका छन् । 

केहि महिना भित्रै यी कम्पनीले सेवा सुरु गर्ने प्राधिकरणले जनाएको छ । अनुमति दिइएका दुई कम्पनीमा सीता फर एयरक्राफ्ट र थालस नामका कम्पनी रहेका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया