काठमाडौं, एक जना प्रयोगकर्ताको खल्तीमै मोबाइल फोन पड्किएको छ ।
भारतको राजधानी दिल्लीमा एक जना अटो ड्राइभरको गोजीमा रहेको ओप्पो ए ५३ स्मार्टफोन पड्किँदा जीतु नाम व्यक्ति घाइते भएका छन । घटनाबाट घाइते भएका व्यक्तिसँग गरेको कुराकानी एक युट्युवरले सार्वजनिक गरेका छन् ।
भिडिओ अन्तर्वार्तामा ती व्यक्तिले बताए अनुसार आफ्नो खल्तीमा मोबाइल राखेर उनी अटो चलाइरहेका थिए । तर अचानक खल्तीबाट धुँवा उड्न सुरु भयो र हेर्दा हेर्दै फोनमा आगो लाग्यो ।
अचानक आगलागी हुँदा उनी आँत्तिन पुगे र जसका कारण उनको अटो दुर्घटनामा पर्यो । घटनाबाट उनको दुवै खट्टामा चोट लागेको छ ।
उनले नौ महिना अघि उक्त फोन खरिद गरेका थिए । उनले फोनको साथमा आएको सक्कली चार्जर नै प्रयोग गर्दै आएका थिए ।
प्रतिक्रिया