अलपत्र कामदार लिन नेपाल एयरलाइनसको जहाज दुबई जाने, कहिले ?

बुधबार, ०२ असार २०७८, ०८ : २२

काठमाडौं - विदेशमा अलपत्र परेका नेपालीलाई लिन नेपाल वायुसेवा निगमको जहाज दुबई जाने भएको छ । 

नेपाल एयरलाइनसको जहाज जुन २३ र ३० मा दुबई जाने भएको हो । नेपालमा कोरोना भाइरस संक्रमणका कारण झण्डै दुई महिनादेखि नियमित उडान रोकिएको छ । 

अन्तर्राष्ट्रिय उडान रोकिँदा करार अवधि सकिएका, कैद भुक्तान गरेका, आममाफी पाएका, गर्भवती र सुत्केरी अवस्थामा रहेका कामदारहरु स्वदेश फर्किने बाध्यतामा रहेका र घरेलु श्रमिक, गर्भवती, रोजगारी र आम्दानी गुमाएका, सूचनामा पहुँच नभएका श्रमिकहरू थप जोखिममा रहेका भएपनि सरकारले त्यसतर्फ ध्यान नदिएको कामदार र नेपाली नियोगहरुको गुनासो बढेको छ । 

काठमाडौंबाट नेपाल एयरलाइन्सको २ सय ७४ सिट क्षमताको वाइडबडी जहाज दुबई जाने बताइएको छ । नेपाललाई कोरोना संक्रमणको उच्च जोखिमको सूचीमा राखेको यूएईले  ७ जुलाईसम्म नेपाली यात्रुलाई प्रवेशमा रोक लगाएको छ ।

बुधबार, ०२ असार २०७८, ०८ : २२

प्रतिक्रिया