काठमाडौं - प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण गर्ने वातावरण निर्माण गर्न संख्या सय समाधान समिति गठन गरेको छ ।
मञ्चका पूर्व अध्यक्ष हरि बहादुर पाण्डे क्षेत्रीको संयोजकत्वमा उक्त समिति गठन गरिएको हो । मञ्चका पूर्व अध्यक्ष पाण्डे क्षेत्री गत वर्ष पनि सो समितिको संयोजक रहेका थिए ।
पाण्डेले निषेधाज्ञाको प्रतिकुल अवस्थामा पनि राजनीतिक भेटघाट गरेर म्यानपावर व्यवसायीको इजाजत नवीकरण गर्न वार्षिक सय कामदार पठाउनु पर्ने वैदेशिक रोजगार ऐन तथा नियमावलीको प्रावधान खारेज र कोभिड पीडित व्यवसायीहरुलाई राहत दिनुपर्ने विषयमा गम्भीररुपमा ध्यानाकर्षण गराइरहेको बताएका छन् ।
गत वर्ष सरकारले बाधा अड्काउ आदेश जारी गरेर इजाजतपत्र प्राप्त संस्थाको आर्थिक वर्ष २०७८/०७९ का लागि नवीकरण गर्दा त्यस्ता संस्थाले आर्थिक वर्ष २०७६र०७७ देखि सम्बत् २०७८ साल असार मसान्त भित्रमा कुल दुई सय जना कामदार पठाएको हुनुपर्ने शर्त राखेर नवीकरण गर्ने निर्णय भएको थियो । तर यस वर्ष पनि व्यवसायीहरुले कामदार पठाउन पाएका छैनन् ।
प्रतिक्रिया