नेपाली यात्रुले असार २३ पछि मात्र युएईमा प्रवेश पाउने

बुधबार, ०२ असार २०७८, ०९ : १४

काठमाडौं - युनाइटेड अरब इमिरेट्स (युएई)ले नेपाली यात्रुलाई जुलाई ७ अर्थात् असार २३ सम्म प्रवेश नदिने भएको छ । नेपालमा कोरोना भाइरसको जोखिम बढेको भन्दै युएईले नेपाली यात्रीलाई रोकेको हो । 

प्रवेशमा रोक लगाएसँगै नेपाली यात्रीलाई केही समय कुर्नु पर्नेछ । असार २३ पछि यात्रीले युएई प्रवेश गर्न पाउनेछन् ।

युएईले एसियामा नेपालमा मात्र नभई बंगलादेश, पाकिस्तान र श्रीलंकालाई पनि प्रवेशमा रोक लगाएको छ । 

बुधबार, ०२ असार २०७८, ०९ : १४

प्रतिक्रिया