काठमाडौं - आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा आज ८०० रुपैयाँले सुनको मूल्य घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार हुने भएको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेकोे छ ।
मंगलबार प्रतितोला १ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार ५५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया