काठमाडौं - एनसेलको लगानीकर्ता तथा मलेसियाको टेलिकम कम्पनी आजियाटा ग्रुप बीएचडी र नर्वेको टेलेनोर एएसएको मलेसियमा रहेको मोबाइल सेवा मर्ज हुने भएको छ ।
आजियाटाका सीईओ इजाद्दिन इद्रिसले मंगलबार केही दिनभित्रै मर्जर प्रक्रिया टुङ्गोमा पुग्ने जानकारी दिएका हुन् । मर्जरका लागि दुवै कम्पनीले ड्यु डेलिजेन्स प्रक्रिया पुरा गरिसकेका छन् ।
इद्रिसका अनुसार मलेसियाका दोस्रो र तेस्रो ठूला मोबाइल सेवाप्रदायकबीचको प्रस्तावित मर्जरको विषयलाई लिएर लगानीकर्ताहरु उत्साहित बनेका छन् । यो मर्जरले दीर्घकालिन वृद्धि र नाफा सुनिश्चित हुने अपेक्षा गरिएको छ ।
आजियाटा र टेलेनोरले गत अप्रिलमै सेलकम आजियाटा बीएचडी र टेलेनोरको डिजी डटकम बीएचडीबीच मर्जरमा जान सम्वाद अगाडि बढाएका थिए । मर्जरसँगै तयार हुने संस्थामा दुवै कम्पनीको शेयर स्वामित्व करिब ३३.१ प्रतिशत रहने बताइएको छ ।
प्रतिक्रिया