एजेन्सी - माइक्रोसफ्टको सबैभन्दा पछिल्लो तथा लोकप्रिय कम्प्युटर अपरेटिङ सिस्टम विन्डोज १० बन्द हुुने भएको छ । उक्त सिस्टम आगामी सन् २०२५ देखि बन्द हुने भएको हो ।
यही महिनाको अन्त्यतिर विन्डोज अपरेटिङ सिस्टममा आमूल परिवर्तनको घोषणा गर्न लागेको माइक्रोसफ्टले सन् २०२५ देखि विन्डोज १० को सपोर्ट बन्द गरिने जानकारी दिएको छ ।
विन्डोज १० लञ्च गर्ने बेला नै माइक्रोसफ्टले त्यो नै विन्डोजको अपरेटिङ सिस्टमको अन्तिम संस्करण हुने बताएको थियो ।
तर सन् २०२५ को अक्टोबर १४ देखि विन्डोज १० को होम तथा प्रो भर्सनमा नयाँ अपडेट र सेक्योरिटी फिक्सेसहरु उपलब्ध नगराइने माइक्रोसफ्टले जनाएको छ ।
प्रतिक्रिया