काठमाडौं - वैदेशिक रोजगारीका लागि गएको वैशाख महिनामा मात्रै २४ हजारभन्दा धेरैले श्रम स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीका लागि वैशाख महिनामा मात्रै २४ हजार तीन सय ६३ जनाले श्रम स्वीकृति लिएका हुन ।
श्रम स्वीकृति लिनेमध्ये सबैभन्दा धेरै अदक्ष श्रमिक रहेका छन् । १० हजार ८ सय २४ जना पुरुष र ८०३ जना महिला गरी ११ हजार ६२७ जनाले अदक्ष श्रमिकको रूपमा श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ ।
यस्तै ९ हजार ४५५ जना पुरुष र ७७८ जना महिला गरी १० हजार २ सय ३३ जनाले दक्ष श्रमिकका रूपमा श्रम स्वीकृति लिएका छन् । साथै २२ सय ९० जना पुरुष र १७१ जना महिला गरी २४ सय ६१ जनाले अर्ध दक्ष श्रमिकका रूपमा श्रम स्वीकृति लिएका छन् ।
३४ जना पुरुष र २ जना महिलाले व्यवसायीकमा र ६ जना उच्च सीपयुक्त श्रमिकले श्रम स्वीकृति लिएका छन् ।
प्रतिक्रिया