वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ११ महिना अर्थात चालु आवको श्रावण महिनादेखि जेठ महिनासम्ममा २८ सय २४ वटा व्यापारिक फर्मलाई अनुगमन गरेको जनाएको छ ।
यस अवधिमा विभागले ९९० फर्मलाई जरिवाना गरेको छ । विभागले उपलब्ध गराएको तथ्याकं अनुसार ९९० फर्मलाई २ करोड २८ लाख ८७ हजार रुपैयाँ जरिवाना गरेको छ ।
अनुगमन गरिएका फर्ममध्ये विभागले ३५ वटा फर्मलाई कारोबार रोक्का गरेको छ । विभागले यस अवधिमा ३ करोड ७३ लाख ८४ हजार ७०१ रुपैयाँ मूल्य बराबरको म्याद समाप्त भएका खाद्यान्न तथा वस्तु नष्ट गरेको छ ।
विभागका अनुसार अन्य कारबाही गरिएको फर्मको संख्या १ हजार ६६ रहेको छ ।
प्रतिक्रिया