पुनलाई नै उपराष्ट्रपतिको उम्मेदवार बनाउने माओवादी केन्द्रको निर्णय

६ बर्ष अगाडि

काठमाडौ– नेकपा माओवादी केन्द्रले उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई नै निरन्तरता दिने निर्णय गरेको छ । 
सो पार्टीको बिहिबार बसेको बैठकले उनलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।  अब पुनले वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा आगामी चैत ३ गते उम्मेदवारी दर्ता गराउने छन् । यस्तै उपराष्ट्रपतिको निर्वाचन भने चैत ९ गतेको लागि निर्वाचन आयोगले तय गरेको छ । 
एमाले र माओवादीबीच राष्ट्रपति र उपसभामुख एमाले तथा उपराष्ट्रपति र सभामुख एमालेले पाउने समझदारी बनेको थियो । 
सोही समझदारीअनुसार एमालेबाट  राष्ट्रपतिमा विद्या भण्डारी विजयी भइसकेकी छिन् भने सभामुखमा माओवादीका कृष्णबहादुर महरा विजयी भइसकेका छन् । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया