नेपाली बजारमा ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति ?

विहीबार, ०३ असार २०७८, ११ : ३८

काठमाडौं - आज विहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा आज एक हजार १०० रुपैयाँले सुनको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला  ९३ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार हुने भएको छ ।  

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।  

बुधबार प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर १ हजार ३४० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

 

विहीबार, ०३ असार २०७८, ११ : ३८

प्रतिक्रिया