काठमाडौं - नेपाली बजारमा साओमीको रेड्मी नोट १० एस सार्वजनिक हुने भएको छ । पछिल्लो समय एकपछि अर्को स्मार्टफोन भित्र्याइरहेको कम्पनीले रेड्मी लाइनअपमा मिडरेञ्जको स्मार्टफोन भोलि सार्वजनिक गर्न लागेको हो ।
एन्ड्रोइड ११ मा आधारित फोन मिडियाटेक हेलियो जी-५ चिपसेटले सञ्चालित छ । यो फोन ६/६४ जीबी, ६/१२८ जीबी र ८/१२८ जीबी गरी तीन स्टोरेज भेरियन्टमा उपलब्ध छ ।
६.४३ इन्चको एमोलेड डिस्प्ले (१०८० २४०० पिक्सेल) रहेको फोनमा स्क्रिन प्रोटेक्सनका लागि कोर्निङ गोरिल्ला ग्लास थ्री रहेको छ ।
फोन ६४ मेगापिक्सेलको प्राइमेरी सेन्सर, ८ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको म्याक्रो र २ मेगापिक्सेलकै डेप्थ सेन्सर रहेको छ । त्यस्तै १३ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।
फोनमा रहेको ५ हजार एमएएचको ब्याट्रीका लागि ३३ वाट फास्ट चार्जिङ सपोर्ट रहेको छ ।
कम्पनीले नेपाली बजारमा यसको मूल्य भोलि नै सार्वजनिक गर्नेछ ।
प्रतिक्रिया