अनलाइन पेमेन्ट गर्दा १५ % छुट : दराजको बैंक डेज अफरमा थप ३ बैंक

विहीबार, ०३ असार २०७८, १६ : ५७

काठमाडौँ, नेपालको अग्रणी अनलाइन बजार, दराज ले तिन प्रमुख नेपाली बैंक माछापुच्छे बैंक, मेगा बैंक र हिमालयन बैंकसँग साझेदारी गरि येही १७ जुन देखि बैंक डेज अफर पुनः सुरु गर्ने घोषणा गरेको छ।

यस अफर मार्फत ग्राहकहरुले कार्ड प्रीपेमेन्ट गरेमा १५५ रु ५०० सम्मको छुट पाउन सक्नेछन् । यी बैंकहरु दराजका चार अन्य साझेदार बैंकहरू सनिमा बैंक, एनआईसी एशिया बैंक, नाबिल बैंक, र स्टाण्डर्ड चार्टर्ड बैंकसंग मिलि बैंक डेज अफर पुनः सुरु गर्ने दराजले घोषणा गरेको छ। दराज बैंक डेज मार्फत ग्राहकहरु हप्ताभरि दराजका साझेदार बैंकहरुबाट छूटको मजा लिन सक्नेछन्।

माछापुच्छे बैंक, मेगा बैंक र हिमालयन बैंकका कार्डधारकहरूले हरेक बिहिबार दराज एप मार्फत यो प्रस्ताव प्राप्त गर्न सक्नेछन् । 

विवरणहरू तल दिइएको छ :

१. माछापुच्छे बैंक : डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत रु ५०० सम्मको छुट र क्रेडिट कार्ड भुक्तानमा १५ प्रतिशत रु ५०० सम्मको छुट रहनेछ ।

२. मेगा बैंक : डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत रु ५०० सम्मको छुट र क्रेडिट कार्ड भुक्तानमा १५ प्रतिशत रु ५०० सम्मको छुट रहनेछ ।

३. हिमालयन बैंक : प्रीपेड र क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत रु ५०० सम्मको छुट रहनेछ ।

यसैगरि दराज बैंक डेज अफर अन्तर्गत, ग्राहकहरु हप्ताभरि दराजका अन्य साझेदार बैंकहरुबाट उस्तै छूटको मजा लिन सक्नेछन् ।

यस्तै, सोमबार सानीमा बैंकको क्रेडिट कार्ड भुक्तानमा १५ प्रतिशत रु ५०० सम्मको छुट र डेबिट कार्ड भुक्तानमा १० प्रतिशत रु ५०० सम्मको छुट रहनेछ ।

बुधबार एनआईसी एशिया बैंकको क्रेडिट कार्ड भुक्तानमा १५ प्रतिशत रु ५०० सम्मको छुटर डेबिट कार्ड भुक्तानमा १० प्रतिशत रु ५०० सम्मको छुट रहनेछ ।

शुक्रवार नबिल बैंक मार्फत १० प्रतिशत छुट अधिकतम रु ५००० र शनिबार स्टाण्डर्ड चार्टर्ड बैंकबाट मार्फत १० प्रतिशत छुट अधिकतम रु ५००० म्मको छुट हुनेछ ।

अनलाइन भुक्तानीको लागि सक्रिय क्रेडिट र डेबिट कार्ड मात्र यस प्रस्तावको लागि योग्य छन् । 

यसबाहेक, कार्डसक्रिय नभएमा ग्राहकहरुले दराज एपमा गई बैंकहरुले दिएको चरणहरू अनुसरण गर्न सक्नेछन् । त्यसैगरि इच्छुक ग्राहकहरूले अब माथि उल्लेखित कुनै पनि बैंकको क्रेडिट कार्डको लागि पनि आवेदन दिन सक्ने दराजले जनाएको छ।

विहीबार, ०३ असार २०७८, १६ : ५७

प्रतिक्रिया