कतार भिसा सेन्टर (क्यूभीसी)ले निशेषज्ञा शुरु भएदेखि कतारको वैदेशिक रोजगारीको प्रक्रियामा रोकिएका कामदारको भिसा प्रक्रियालाई प्राथमिकतामा राख्ने
काठमाडौं स् कतार भिसा सेन्टर ९क्यूभीसी०ले निशेषज्ञा शुरु भएदेखि कतारको वैदेशिक रोजगारीको प्रक्रियामा रोकिएका कामदारको भिसा प्रक्रियालाई प्राथमिकतामा राख्ने भएको छ ।
सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरेसँगै बन्द रहेको कतार भिसा सेन्टरले जुन ७ देखि खुलेको हो । तर सेवा प्रवाह प्रभावकारी नभएको गुनासो आएपछि बिहीबार नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको प्रतिनिधिमण्डलले भिसा सेन्टरका अधिकारीहरुसँग छलफल गरेपछि क्यूभीसीले सेवा प्रवाहमा तीव्रता ल्याउने प्रतिवद्धता जनाएको हो ।
सेन्टरले शुक्रबार मुख्य कार्यालय कतारमा कार्यालय बन्द रहने भएपनि शुक्रबार भिसा सेन्टरबाट तीन सज जनाको भिसा प्रसोसिङ गर्ने प्रतिवद्धता जनाएको छ ।
भिसा प्रक्रियाको मेडिकल परीक्षणमा क्षयरोग जस्ता समस्या देखिए त्यस्ता व्यक्तिलाई यसअघि जस्तो लामो समय नकुराई प्रकृति हेरी छिटो गरिदिने सहमति भएको एसोसिएसनले जनाएको छ ।
रोजगारीका लागि कतार जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण र कामदारको औंठा छाप लिने, पासपोर्ट लगायतका कागजात स्क्यानिङ, मेडिकल, बिमा र भिसा प्रोसेसिङका काम सेन्टरबाट हुने गरेको छ ।
भिसा प्रोसेसिङ गर्दा सानोतिनो त्रुटी भएमा दोहर्याएर भिसा प्रक्रियामा जान कम्तीमा ४५ दिन कुर्नुपर्ने अवस्था छ ।
प्रतिक्रिया