नेपाली बजारमा आज साओमीको रेड्मी नोट १० एस सार्वजनिक हुुँदै, मूल्य कति ?

शुक्रबार, ०४ असार २०७८, ०९ : ०२

काठमाडौं - नेपाली बजारमा आज साओमीको रेड्मी नोट १० एस सार्वजनिक हुँदै छ । पछिल्लो समय एकपछि अर्को स्मार्टफोन भित्र्याइरहेको कम्पनीले रेड्मी लाइनअपमा मिडरेञ्जको स्मार्टफोन आज सार्वजनिक हुने भएको हो । 

एन्ड्रोइड ११ मा आधारित फोन मिडियाटेक हेलियो जी(५ चिपसेटले सञ्चालित छ । यो फोन ६६४ जीबी, ६/१२८ जीबी र ८/१२८ जीबी गरी तीन स्टोरेज भेरियन्टमा उपलब्ध छ ।

६.४३ इन्चको एमोलेड डिस्प्ले (१०८० २४०० पिक्सेल) रहेको फोनमा स्क्रिन प्रोटेक्सनका लागि कोर्निङ गोरिल्ला ग्लास थ्री रहेको छ ।

फोन ६४ मेगापिक्सेलको प्राइमेरी सेन्सर, ८ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको म्याक्रो र २ मेगापिक्सेलकै डेप्थ सेन्सर रहेको छ । त्यस्तै १३ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।

फोनमा रहेको ५ हजार एमएएचको ब्याट्रीका लागि ३३ वाट फास्ट चार्जिङ सपोर्ट रहेको छ ।

कम्पनीले नेपाली बजारमा यसको मूल्य आज नै सार्वजनिक गर्नेछ । भारतमा उक्त फोनको सुरूवाती मूल्य १४ हजार ९९९ भारू तोकिएको छ । 

त्यस आधारमा नेपालमा २५ हजारको वरिपरि पर्ने अनुमान गर्न सकिछ ।    

शुक्रबार, ०४ असार २०७८, ०९ : ०२

प्रतिक्रिया