काठमाडौं - सरकारले निषेधाज्ञाको बेला २० प्रतिशत छुट दिएपछि पौनै २ करोड रुपैयाँको खाद्यान्न बिक्री भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट्र ट्रेडिङ कर्पोरेसनबाट १ करोड ७३ लाख २५ हजार ५९ रुपैयाँ बराबरको खाद्यान्न बिक्री भएको हो । २१ असारदेखि दुई कम्पनीले २० प्रतिशत छुट दिएर खाद्यान्न बिक्री गरेका थिए ।
३१ असारसम्म १ करोड १७ लाख ५ हजार ५६ रुपैयाँ बराबरका ९ हजार ६ सय ४२ क्विन्टल खाद्यान्न बिक्री भएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए ।
प्रतिक्रिया