आज पनि एक हजार दुई सय रुपैयाँले घट्योे सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

शुक्रबार, ०४ असार २०७८, १० : ५४

काठमाडौं - आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य भारीे गिरावट भएको छ । विहिबारको तुलनामा आज एक हजार २०० रुपैयाँले सुनको मूल्यमा गिरावट आएको होे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार प्रतितोला  ९२ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार हुने भएको छ ।  

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।  

विहिबार प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर १ हजार ३०५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

शुक्रबार, ०४ असार २०७८, १० : ५४

प्रतिक्रिया