काठमाडौं - नेपाली बजारमा एचएमडी ग्लोबलले नोकिया जि–२० र नोकिया जि–१० सार्वजनिक गरेको छ । कम्पनीले यी फोनमा ५ हजार ५० एमएएचको ब्याट्री दिएको छ । जुन तीन दिनसम्म टिकाउ हुने कम्पनीले जनाएको छ ।
फोनको डिस्प्ले ६।५ इञ्चको छ । फोनमा चार क्यामरा दिइएको छ। यसमा भएको वाइड एंगल र माइक्रो लेन्सले फराकिलो स्पष्ट तस्वीर खिच्न सघाउँछ ।
नोकिया जि–२० नाइट र ग्लेसियर गरी दुई रंगमा किन्न पाइन्छ । यो ४ जिबी र्याम ६४ जिबी स्टोरेजमा छ । फोनको मूल्य १९ हजार ९ सय ९९ तोकिएको छ ।
प्रतिक्रिया