काठमाडौं - बेलौरीबाट भारत निकासी गर्न लागिएको दुई वटा ट्याक्टरसहित २५ लाख ९० हजार रूपैयाँ बराबरको केराउ बरामद गरिएको छ ।
बेलौरी नगरपालिका-२ स्थित भारतीय सीमा नजिकबाट प्रहरीले बिहीबार उक्त केराउ बरामद गरेको हो । सु.प.प्र. ०१-००२ त ४७०९ र से१त ५४६५ नम्बरको टिपरबाट केराउ बरामद गरेको कञ्चनपुरका प्रहरीले जनाएकोे छ ।
ती ट्याक्टर बेवारिसे अवस्थामा भेटिएका थिए । केराउ कसले निकासी गर्न लागेको थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया