काठमाडौं - वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसायीलाई आवश्यक कागजात पेश गरी इजाजतपत्र नवीकरण गर्न सूचित गरेको छ ।
विभागले सूचना जारी गर्दै वैदेशिक रोजगार ऐन २०६४ तथा नियमावलीको प्रावधान अनुसार वर्षमा कम्तिमा एकसय कामदार वैदेशिक रोजगारीमा पठाएको प्रामाणित कागजातसहित नवीकरणका लागि निवेदन दिन आग्रह गरेको हो ।
वैदेशिक रोजगार ऐन र नियमावलीको प्रावधान पूरा गरेर इजाजतपत्र नवीकरण गर्न निवदेन दिए असार मसान्तसम्म दश हजार र असोज मसान्तसम्म थप प्रति महिना १० हजारका दरले ३० हजार रुपैयाँ जरिवाना तिरेर इजाजत नवीकरण गर्न पाउने व्यवस्था छ ।
विभागले सयजना कामदार पठाएको प्रमाणीकरण हुने कागजसहित नवीकरणका लागि गत वर्षको आय विवरण बुझाएको भरपाई वा आयकर दाखिला गरेको प्रमाण, इजाजतपत्रको प्रतिलिपि, नगद धरौटी र बैंक ग्यारेन्टीको प्रतिलिपिसमेत पेश गर्न भनेको छ ।
प्रतिक्रिया