काठमाडौं - नेपाल वैदेशिक रोजगार व्यवसायी संघले निशेषधाज्ञाको अवधिमा कतार भिसा सेन्टर (क्यूभीसी)बाट मेडिकल गर्न नपाएका कामदारहरुको अर्को हप्तादेखि मेडिकल हुने भएको छ ।
साथै त्यस्ता कमदारहरुको विवरण संघमा उपलब्ध गराउन आग्रह गरेको छ । संघले कतार भिसा सेन्टरमा भएको छलफल अनुसार गत मे २ देखि जुन ६ तारेखसम्म मेडिकल गर्न नपाएका कामदारहरुको विवरण पठाउन आग्रह गरेका हो ।
आवेदक कामदारको पूरा नाम, भिसा रेफरेन्स नम्बर, पासपोर्ट नम्वर र एप्वाइन्टमेन्ट डेट कम्प्युटरको एक्सल सीटमा तयार गरी संघको इमेलमा यथाशक्य चाडो पठाउन संघको आग्रह छ ।
एप्वाइन्टमेन्ट लिएका कामदारले निषेधाज्ञाका कारण मेडिकल र भिसा प्रोसेसिङ गर्न पाएका थिएनन् । भिसा सेन्टरले मुख्य कार्यालय कतारमा कार्यालय बन्द रहने भएपनि भिसा सेन्टरबाट तीन सय जनाको भिसा प्रसोसिङ गर्ने प्रतिवद्धता जनाएको छ ।
प्रतिक्रिया