एक वर्षमा खानेतेलको मूल्य प्रतिलिटर १२० रुपियाँले बढ्यो, सबैभन्दा बढी सूर्य मुखी तेल

शनिबार, ०५ असार २०७८, ०८ : ५०

काठमाडौै - एक वर्षमा खानेतेलको मूल्य प्रतिलिटर १२० रुपियाँसम्म महँगिएको छ । यस अवधिमा सबैभन्दा बढी सूर्य मुखी तेल (सनफ्लावर) र भटमासको  तेल ९सोयाविन तेल० महँगिएको हो ।  

कच्चा तेलका लागि विदेशकै भर पर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य उच्च दरले मूल्य वृद्धि भएकाले तेलको मूल्य बढेको बताइएको छ । 

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गत वर्ष वैशाख महिनामा सोयाबिनको तेल प्रतिलिटर १६० रहेकामा अहिले २७० र सनफ्लावर तेल १५५ बाट २७५ रुपियाँ पुगेको छ ।

सनफ्लावर धारा हेल्थ प्रतिलिटर १९० बाट २७० र तोरीको तेल २५० बाट ३२० रुपियाँ पुगेको छ । घिउ–तेल उत्पादक उद्योगीहरु तेलको मूल्य  नेपालभन्दा विश्व बजारमा अझै बढी दरले  बढेको  दाबी गर्छन् ।

वनस्पति  घिउ–तेल उत्पादन सङ्घका अध्यक्ष सन्दीप कुमार अग्रवालले  तेलको मूल्य बढ्नुको  मुख्य  कारण तेल उत्पादनमा प्रयोग गरिने कच्चा  पदार्थको उच्च वृद्धि नै भएको बताए ।

शनिबार, ०५ असार २०७८, ०८ : ५०

प्रतिक्रिया