नेपाली बजारमा यो साता तीन हजार बढिले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

शनिबार, ०५ असार २०७८, ०९ : ०५

काठमाडौं - नेपाली बजारमा एक यो साता सुनको मूल्य भारी गिरावट भएको छ । गएको आइतबारदेखि शुक्रबार सम्म आइपुग्दा सुनकोे मूल्य तोलामा तीन हजार १०० रुपैयाँले घटेको हो  । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गएको आइतबार प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।  

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार हुँदै छ । यस्तै, चाँदी प्रतितोला ३०५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

शनिबार, ०५ असार २०७८, ०९ : ०५

प्रतिक्रिया