अबैधानिक रुपमा कार्यरत नेपाली श्रमिकलाई पनि कोरोना खोप लगाउदै बहराइन

शनिबार, ०५ असार २०७८, ०९ : १७

काठमाडौं - बहराइनमा अबैधानिक रुपमा कार्यरत नेपाली श्रमिकलाई पनि कोरोनाविरुद्धको खोप लगाइने भएको छ । 

त्यहाँस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै बहराइनमा विभिन्न कारणबस अबैधानिक रुपमा काम गरिरहेका नेपाली श्रमिकहरुलाई कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरेको हो ।

बहराइनमा कार्यरत नेपालीहरुको स्वाथ्यलाई मध्यनजर गरी विभिन्न तीन स्थानबाट चाँडै खोप उपलब्ध गराइने दूतावासले जनाएको छ । त्यसका लागि  अनलाइन दर्ता गर्न अनुरोध गरिएको छ ।

हराइन सरकारले आफ्ना नागरिक सरह नै नेपालीलगायत सबै आप्रवासीलाई खोप उपलब्ध गराईरहेको छ ।

शनिबार, ०५ असार २०७८, ०९ : १७

प्रतिक्रिया