काठमाडौं - आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा फेरी सुनको मूल्यमा भारी गिरावट आएको छ । शुक्रबारको तुलनामा आज एक हजार ८०० रुपैयाँले सुनको मूल्यमा गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९० हजार रुपैयाँमा कारोबार हुने भएको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
गएको शुक्रबार प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर १ हजार २९० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया