सरकारी प्रतिक चिन्ह (लोगो) प्रयोग गर्ने उद्योगमा हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टर काभ्रे पहिलो भएको । राष्ट्रिय दुग्ध विकास बोर्डले लोगो प्रदान गरेसंगै निजी डेरी उद्योगमा पहिलो पटक पनैति २ कुसादेविको हिमालयन डेरी सरकारी लोगो प्राप्त गर्ने उद्योग बनेको हो ।
सरकारी स्वामित्वको दुग्ध विकास संस्थानका गाडीमा असार २ गते प्रतीक चिन्ह प्रयोग गर्न आधिकारिकता प्रदान गरेको थियो ।बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र यादवले विभिन्न उद्योगबाट प्रतीक चिन्ह प्रयोगका लागि माग भए बमोजिम प्रक्रिया पुराएर लोगो वितरण गर्दै जाने बताए ।
पहिलो चरणमा संस्थानलाई प्रतीक चिन्ह प्रयोगको अनुमति दिइएको थियो ।
प्रक्रिया सहित निवेदन आएपछि थप निजी क्षेत्रका डेरी उद्योगहरूलाई पनि मागका आधारमा प्रतीक चिन्ह हस्तान्तरण गर्दै जाने योजना रहेको बोर्डका कार्यकारी निर्देशकले जानकारी दिए । अब प्रतीक चिन्ह अंकित दुग्धजन्य पदार्थ बोकेका गाडी निषेधाज्ञा वा अन्य आपतकानीन अवस्थामा पनि विना अवरोध नेपालभर आवत जावत गर्न सहज हुने छ ।
दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर बढाउने उपभोक्ताको गुणस्तरीय दूध तथा दुग्धजन्य पदार्थ संकलन तथा उत्पादनमा ध्यान दिदैँ अगाडी बढ्ने सञ्चालक रविन्द्र हुमागाइले बताएका छन् । लोगो पाएसँगै दुग्धजन्य पदार्थको गुणस्तरमा अझ चुनौती थपिएकाले गुणस्तर र सरसफाइमा अझ ध्यान दिने हुमागाइले बताए ।
बोर्डमा प्राप्त भएका आवेदनका सम्बन्धमा आवश्यक परीक्षण गरेर बोर्डको मिति २०७८ जेठ ३० को निर्णय अनुसार दुग्ध विकास संस्थान र हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रेका दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई प्रतीक चिन्ह(लोगो)उपलब्ध गराउने निर्णय भएको थियो । यस्तो खालको लोगो प्राप्त गर्ने निजि क्षेत्रको डेरी उद्योगमा हिमालयन डेरी नेपालकै पहिलो डेरी उद्योग भएको छ ।
गत २०७७ साल चैत्र १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रयोग हुने प्रतिक चिन्ह सार्वजनिक गरेका थिए ।
प्रतिक्रिया