काठमाडौं - नेपालमा चालु आर्थिक वर्षको दश महिना सम्ममा २४ करोड ३८ लाख ५८ हजार रुपैयाँको प्रशोधित मह भित्रिएको छ ।
भन्सार विभागको तथ्यांकका अनुसार चालुु आवको वैशाख महिना सम्ममा १३ लाख ४७ हजार ६३१ केजी मह नेपाल भित्रिएको छ । नेपालमा मह अमेरिका, जापान, कतार र युनाइटेड अरब इमिरेट्स९युएई० बाट आयात हुने गर्छ ।
साथै चालु आर्थिक वर्षको दश महिनामा अष्ट्रेलियासँग नेपालको व्यापार घाटा ११ अर्ब ६९ करोड ५४ लाख ३ हजार रुपैयाँ पुगेको छ । भन्सार विभागका तथ्यांक अनुसार अष्ट्रेलियाबाट नेपालमा १२ अर्ब ६३ करोड २६ लाख १३ रुपैयाँको वस्तु भित्रिएको छ ।
सोही अवधिमा नेपालबाट भने मात्र ९३ करोड ७२ लाख ९ हजार रुपैयाँको वस्तुहरु अष्ट्रेलिया निर्यात भएको छ ।
प्रतिक्रिया