कोरिया जान भाषा परीक्षा उत्तीर्ण भएकाले फेरि २ हजार तिरी मेडिकल परीक्षण गर्नुपर्ने, कहाँबाट कहिले ?

बुधबार, ०९ असार २०७८, १२ : १५

काठमाडौं - ईपीएसमार्फत कोरिया जान सन् २०१९ मा भाषा परीक्षा उत्तीर्ण भएकाहरुलाई पुनः मेडिकल परीक्षण गराउनुु पर्ने भएको छ । 

वैदेशिक रोजगार विभागले एक सुचना जारी गर्दै २०१९ यता विभिन्न मितिमा मेडिकल गरेका तर लेबर कन्ट्रयाक नआई रोस्टर गुज्रिएकाहरुले पहिले परीक्षण गराएकै अस्पतालहरुबाट पुनः मेडिकल परीक्षण गराउनुपर्ने जनाएको छ ।

सुचना अनुसार काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु मा आइतबार देखि शुक्रबार सम्म, पाटन अस्पताल ललितपुर हप्ताको एक दिन मंगलबार र नेपाल–कोरियामैत्री अस्पताल थिमिमा आइतबार र बुधबार परीक्षण गराउन सकिने छ । 

जसमा जनही दुई हजार २०० रुपैयाँ शूल्क लाग्ने पनि सुचित गरिएको छ । 

बुधबार, ०९ असार २०७८, १२ : १५

प्रतिक्रिया