सुनको आयात तथा विक्री वितरण सुचारु गर्न माग

बुधबार, ०९ असार २०७८, १२ : ४९

काठमाडौं - असार ८ गते देखि विभिन्न वस्तु र सेवालाई विभिन्न श्रेणीमा वर्गिकरण गरी व्यापार, व्यवसाय सञ्चालन गर्न दिइएको छ । 

दैनिक तालिका अन्तर्गत तोकिएको बार र समयमा व्यापार, व्यवसाय चालू गरिएकोले सोही तालिका अनुरुप सुन, चाँदी गहना आदि आभुषण क्षेत्र पनि चालू भएसँगै सुन चाँदी व्यवसायीहरुको सुनको आयात सुचारु गराउन माग गरेका छन् ।

दैनिक २० के.जी. सुन विक्री वितरण हुँदै आएकोमा लामो समय पश्चात बजार खुलेको र निकट भविष्यमा नै प्रमुख चाड–पर्वहरुको समय पनि आउने भएकोले विगतमा विक्री–वितरण नभएको सुनको परिमाण समेतलाई मनन गर्दै दैनिक ३० के.जी. सुन विक्री वितरणको अविलम्ब व्यवस्था गर्न नेपाल राष्ट्र बैंक समक्ष नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले अनुरोध गरेको छ । 

सुनको आयात तथा बिक्री बितरण नै नभएको अवस्थामा पनि दैनिक रुपमा सुन तथा चाँदीको मूल्य भने तोकिँदै आएको छ ।

बन्दाबन्दीका कारण समग्र व्यवसाय लगायतका क्षेत्रहरु बन्द भएकोले वाणिज्य बैंकहरुले विक्री वितरण गर्ने सुनको आपूर्ति पनि बन्द भएको थियो । 

बुधबार, ०९ असार २०७८, १२ : ४९

प्रतिक्रिया