काठमाडौं - ‘मेरो स्कूल’ ले आफ्ना प्याकेजहरुमा भारि छुट उपलब्ध गराउने भएको छ । ‘मेरो स्कूल’ ले आफ्ना विभिन्न प्याकेजहरुमा २० देखि ५५ प्रतिशतसम्म छुट उपलब्ध गराउने नयाँ योजना सार्वजनिक गरेको छ ।
कक्षा ८, ९ र १० को ३ महिने कोर्समा २० प्रतिशत छुट गरी १ हजार ८९९ मा उपलब्ध गराउने भएको छ भने ६ महिनाको प्याकेजमा ३० प्रतिशत छुट गरी ३ हजार २९९ र एक वर्षको कोर्समा ४८ प्रतिशत छुटसहित ४ हजार ९९९ मा उपलब्ध गराउने निर्णय गरेको हो ।
यस्तै, सिभिल इन्जिनियरिङ्ग तर्फ पनि विभिन्न कोर्सहरुमा ५५ प्रतिशत छुट उपलब्ध गराउने भएको छ भने इलेक्ट्रिकल इन्जिनियरिङ्गतर्फ समेत विभिन्न कोर्समा ४० प्रतिशतदेखि ५५ प्रतिशतसम्म छुट उपलब्ध गराउने जनाएको छ ।
‘मेरो स्कूल’ एक डिजिटल लर्निङ्ग प्लाटफर्म हो जहाँ नेपाल सरकारको पाठ्यक्रममा आधारित ८ हजारभन्दा धेरै भिडियोहरु पाउ सकिन्छ । यसका साथै पूराना प्रश्नपत्रहरु हल गरिएका भिडियोहरु पनि पाउन सकिन्छ ।
यसका भिडियोहरु सबै एनिमिटेड र पिक्टोरियल फिचरद्वारा तयार पारिएको छ । यी भिडियोहरु दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सरल भाषामा तयार पारिएका हुन् ।
प्रतिक्रिया