रोजगारीको खोजीमा हुुनुुहुन्छ ? आइएमई लाइफ इन्स्योरेन्सले माग्योे ७ वटै प्रदेशमा कर्मचारी !

बुधबार, ०९ असार २०७८, १३ : ५१

काठमाडौं - आइएमई लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले मार्केटिङ तथा सेल्स अफिसर पदका लागि ७ वटै प्रदेशमा कर्मचारी माग गरेको हो ।

कम्पनीले प्रदेश नम्बर १ को राजारानी, विराट चोक, खोटाङका लागि कर्मचारी माग गरेकोे छ । त्यस्तैै  दुई नम्बर प्रदेशको राजविराज, कञ्चनपुर, महोत्तरी, सिराहाका लागि माग गरिएको छ ।  

बागमती प्रदेशको न्यू रोड, स्वयम्भु, भैसेपाटी, कालीमाटी, जोरपाटी, पेप्सीकोला, सुन्दरीजल, चागुँनारायण, थानकोट, थली, साँखु, सूर्यविनायक, खुर्कोट (सिन्धुली), चौतारा (सिन्धुपाल्चोक), भकुण्डे बेँसी, चितवन, फापरवारी, मनोहरी, धादिङ बेँसी लगाएतका ठाउँमा कर्मचारी माग गरेको कम्पनीले जनाएको छ ।

गण्डकी प्रदेशको हेम्जा, विरौटा, बुर्तिवाङ, अबु खैरेनी, हुवास त्यस्तैलुम्बिनी प्रदेशको बर्दघाट, देवघाट, चन्द्रौटा, भालुवाङ, तुल्सिपुर, तौलिहवा, रोल्पाका लागि माग गरिएकोे छ । कर्णाली प्रदेशको बाँके र सुदुर पश्चिम प्रदेशको सुखडाका लागि कर्मचारी माग गरिएको हो ।

कम्पनीले माग गरेको पदमा प्लस २ तथा स्नातक तह उत्तिर्ण गरेका इच्छुक व्यक्तिले असार २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

बुधबार, ०९ असार २०७८, १३ : ५१

प्रतिक्रिया