काठमाडौं - जेठ महिनामा मात्रै वैदेशिक रोजगारीमा जानका लागि भन्दै ४ हजार भन्दा बढी युवाले अन्तिम श्रम स्वीकृति लिएका छन ।
वैदेशिक रोजगार विभाग अनुसार जेठ महिनामा मात्रै ४ हजार ८६ युवाले वैदेशिक रोजागरीका लागि जान भन्दै अन्तिम श्रम स्वीकृत लिएका हुन् ।
जसमा सबैभन्दा बढी कतार जानेका लागि अन्मित श्रम स्वीकृत लिनेको संख्या बढी छ । कतारको रोजागरीका लागि जाने मात्रै १ हजार ९ सय ६५ जनाले श्रम स्वीकृत लिएका छन् ।
यसैगरी, साउदी अरब जानका लागि ८ सय २२, यूएई ७ स्य २६ र बराइन जानका लागि अन्मित श्रम स्वीकृत लिनको संख्या २ सय २८ रहेको विभागले जनाएको छ ।
त्यसमा पुनः श्रम स्वीकृति लिनेको संख्या ३ हजार २ सय ९९ सय रहेका छ ।
प्रतिक्रिया