काठमाडौं - कुवेतले अनुमति दिएको कोरोना विरुद्धको दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई कुवेत प्रवेशमा अनुमति दिने भएको छ । दुवै डोज खोप लगाएकाहरुलाई आउँदो अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने भएको हो ।
कुवेतले फाइजर, बायोएनटेक, मोर्डेना, जोनसन एण्ड जोनसन र एक्ट्राजेनेका गरी पाँच कम्पनीका खोपलाई अनुमति दिएको छ । तर, उक्त कम्पनीका खोप नेपालमा भने आएका छैनन् ।
कुवेत जाने यात्रुको साथमा ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट पनि अनिवार्य हुनु पर्नेछ । साथै कुवेत पुगेपछि सात दिन क्वरेण्टीनमा अनिवार्य बस्न पर्नेछ ।
कुवेतले मे १३ देखि नेपालसहित बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काबिच हुने कार्गो उडान बाहेक सबै व्यावसायिक उडानहरूमा प्रतिबन्ध लगाएको छ । यी चार देशबाट यात्रुहरू सिधै कुवेत जान पाउने छैनन् ।
अन्य कुनै देशमा १४ दिन अनिवार्य बसेको हुन पर्नेछ ।
प्रतिक्रिया