११ महिनामा  व्यापार घाटा  २४.६१ प्रतिशत बढ्यो, १३ खर्ब ८३ अर्ब बराबरको सामान आयात

बुधबार, ०९ असार २०७८, १७ : २५

काठमाडौं, चालू आर्थिक वर्ष २०७७/०७८ को ११  महिनामा  व्यापार घाटा  २४.६१ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्ष जेठसम्ममा १२ खर्ब ६२ अर्ब बराबरको व्यापार घाटा भएको छ। 

गत आवको साउनदेखि जेठसम्ममा १० खर्ब १२ अर्ब रूपैयाँ बराबरको ब्यापार घाटा भएको भन्सार विभागको तथ्यांकले देखाएको हो । 

चालू आवको सोही अवधिमा १३ खर्ब ८३ अर्ब रूपैयाँ बराबरको सामान आयात भएको छ। गत वर्ष सोही अवधिको तुलनामा आयात पनि २५.६७ प्रतिशतले बढेको छ। गत आवको साउनदेखि जेठसम्ममा ११ खर्ब रूपैयाँ बराबरको सामान आयात भएको थियो। 

यस्तै गत आव साउनदेखि जेठसम्म ८८ अर्ब रूपैयाँ बराबरको सामान निर्यात भएको छ।

चालू आवको तुलनामा यो ३७.७८ प्रतिशतले बढी हो। चालू आबको साउनदेखि जेठसम्ममा १ खर्ब २१ अर्ब रूपैयाँ बराबरको सामान निर्यात भएको छ।

बुधबार, ०९ असार २०७८, १७ : २५

प्रतिक्रिया