काठमाडौं - कुवेतले कारोना भाइरसविरुद्ध खोपको दुवै मात्रा लगाएका विदेशीलाई मात्र आफ्नो देशमा प्रवेश अनुमति दिने भएको छ ।
कुवेतले खोपको मात्रा पूरा गरेका यात्रु जोखिम मुलुकको सूचीमा समोवश भएका देशबाट कुवेत गएको भएपनि क्वारेन्टिन बस्नु नपर्ने बताइएको छ ।
यसअघि कुवेतले खोप लगाएको भएपनि विदेशी यात्रु १४ दिने क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने नियम लगाएको थियो । तर खोप लगाएका विदेशीले कुवेत प्रवेश गर्दा ७२ घण्टा पहिलेको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट देखाउनु पर्ने अनिवार्य गरिएको छ ।
यस्तैै यूएईले पनि आफ्नो मुलुकले मान्यता दिएको खोपका दुवै डोज लगाएकालाई मात्र प्रवेश दिने निर्णय गरेको छ । यूएईले अक्सफोर्ड एस्ट्राजेनेका, सिनोफार्म, फाइजर, स्पुतनिक भी, बायोएनटेक गरी चार वटा खोपलाई मान्यता दिएको छ । ती मध्ये एउटा खोपको दुबै डोज लगाएका रेसिडेन्स भिसा भएकालाई यूएईले प्रवेश अनुमति दिने जनाएको छ ।
खोप नलगाई साउदी गएमा कामदार लाखौं खर्च गरे होटल क्वरेन्टिनमा बस्नुपर्ने बाध्यता छ । साउदीको पछिल्लो निर्णयअनुसार उक्त मुलुक जाने सबैले खोप लगाएरनलगाएको बारे जहाज टिकट लिनु पहिले नै अक्सफोर्ड एस्ट्राजेनेका, मोडर्ना, बायोएनटेकको खोप भए दुई डोज र जोनसन जोनसनको खोप भए एक डोज लगाएको अनलाइन दर्ता गर्नुपर्ने अनिवार्य गरेको छ ।
नेपाली कामदार खोप लगाउन बञ्चित भए त्यसले नेपाल आउने जहाजहरुले उडान कटौती गर्नसक्ने खतरा रहेको कतिपयको भनाइ छ । अन्तर्राष्ट्रिय उडान खुलेपनि महँगो टिकटले समस्यामा रहेका कामदारलाई खोपको अनिवार्यताले सास्ती दिने र लाखौं रोजगारी गुम्ने लगभग निश्चित रहेको वैदेशिक रोजगार व्यवसायीहरुको भनाइ छ ।
प्रतिक्रिया