ताजा समाचार

निषेधाज्ञामा खुकुलो भएसँगै २० प्रतिशत छुटमा खाद्यान्न बिक्री गर्न बन्द

विहीबार, १० असार २०७८, १० : ५८

काठमाडौं - सरकारी दुई कम्पनी साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २० प्रतिशत छुटमा खाद्यान्न तथा ग्यास बिक्री बन्द गरेका छन् । 

सरकारको निर्देशनअनुसार १८ दिन सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरेर दुवै संस्थानले मंगलबारबाट छुट मूल्यको बिक्री बन्द गरेको जनाएका छन् ।

गत १५ असारमा आगामी आर्थिक वर्ष ०७८र७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निषेधाज्ञाभरि दुवै कम्पनीबाट चामल, चिनी, पिठो, तेल, ग्यासलगायतमा २० प्रतिशत छुट दिने घोषणा गरेका थिए । 

साल्ट ट्रेडिङले उपत्यकाको भक्तपुरको सूर्यविनायक, जडीबुटी, जावलाखेल, कालीमाटी र सतुंगलमा बिक्री केन्द्रबाट २० प्रतिशत छुटसहित पिठो ४४ रुपैयाँ, चिनी ६३।२० रुपैयाँ, नुन १६ रुपैयाँ, भटमासको तेल १ सय ८८ रुपैयाँ र खाना पकाउने एलपी ग्यास १ हजार १ सय २० रुपैयाँमा उपभोक्तालाई बिक्री गरेको थियो ।

सरकारले बुधबारदेखि निषेधाज्ञामा निकै खुकुलो पारेपछि २० प्रतिशत छुट मूल्यमा खाद्यान्न बिक्री गर्ने विषयलाई प्राथमिकताबाट हटाएको हो । 

विहीबार, १० असार २०७८, १० : ५८

प्रतिक्रिया