काठमाडौ - आज विहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा आज २०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार हुने भएको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेकोे छ ।
बुधबार प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूुल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया