काठमाडौं - सरकारी दुई कम्पनी साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जेठ २१ गतेबाट २० प्रतिशत छुटमा चामल र कर्णालीको सिमी बिक्री गर्ने निर्णय भएपछि ठूलो परिमाण बिक्री भएको छ ।
कम्पनीका अनुसार छुट मूल्यमा कुल ६ करोड ९१ लाख ३४ हजार २ सय ४६ रुपैयाँको कारोबार भएको छ । कम्पनीले छुट मूल्यमा प्रतिव्यक्ति १ बोरा चामल र २ किलो कर्णालीको सिमी बिक्री गरेको थियो ।
प्रतिबोरा चामलमा करिब ३ सय रुपैयाँ छुट भएकाले चामल खरिदमा उपभोक्ताको आकर्षण धेरै थियो । छुट अवधिसम्म ४१ सय घरपरिवारले सेवा लिएको बताइएको छ । कम्पनीका अनुसार १ करोड ३८ लाख रुपैयाँबराबरको छुट उपभोक्ताले उपभोग गरेका छन् ।
खाद्य कम्पनीले अरुवा मोटा, अरुवा मकवानपुर, अरुवा सोना मसिनो, स्टिम सोना मसिनो, अरुवा मध्यम, स्टिम रन्जित, स्टिम जिरा मसिनो चामलमा छुट दिएको थियो ।
यसमध्ये जिरा मसिनो चामलको बिक्री सबैभन्दा बढी थियो । कम्पनीले मार्सी र बासमती चामलमा भने छुट दिएको थिएन ।
प्रतिक्रिया