बिहिबार बिहानदेखि अवरुद्ध भएको भायानेटको इन्टरनेट पूर्णरुपमा सुचारू भएको छ । शर्ट सर्किट तारमा आगलागी हुँदा काठमाडौं उपत्यकाका केही स्थानका साथै बाहिरका केही जिल्लामा भायानेटको इन्टरनेट सेवा उवरुद्ध भएको थियो ।
रातिको समयमा बालुवाटार र बिहिबार बिहान जमलमा शर्ट सर्किट डेटा सेन्टर जोड्ने फाइबरमा आगो लागेका कारण भायानेटको इन्टरनेट सेवामा समस्या आएको थियो ।
दुवैतर्फको लिङ्कमा समस्या आउँदा भायानेटका करिब २० हजार ग्राहक प्रभावित भएका थिए ।
‘बाँकी भनेको ब्याकअप फाइबारको काम रहेको छ । यसले ग्राहकमा कुनै असर नपर्ने हुँदा त्यसमा विस्तारै काम भइहरको छ,’ उनले भने ।
यस्तै हिजो बुधबार वर्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको सेवा अवरुद्ध भएको थियो । इन्टरनेट गेटवेमा समस्या आउँदा कम्पनीको इन्टरनेट सेवा एक घण्टाजति अवरुद्ध हुन पुगेको थियो ।
मुख्य इन्टरनेट गेट(वे राउटर नै डाउन हुँदा नेपालभरको अन्तर्राष्ट्रिय ब्याण्डविथमा समस्या देखिएको थियो ।
कम्पनीका अनुसार बुधबार दिउँसो ३ः५५ देखि सेवामा समस्या देखिन थालेकोमा ४ः५५ मा आंशिक रुपमा सुचारु भएको थियो भने ५ः२० देखि पूर्ण रुपमा सेवा पुनःस्थापित भएको थियो ।
प्रतिक्रिया