काठमाडौं, सुनचाँदी व्यवसायीहरुले दैनिक ३० केजी सुन उपलब्ध गराउन माग गरेका छन्। नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले राष्ट्र बैंक समक्ष आग्रह गरेको हो।
निषेधाज्ञा पश्चात व्यापार,व्यवसाय लगायतका क्षेत्रहरु बन्द भएकोले वाणिज्य बैंकहरुले विक्री वितरण गर्ने सुनको आपूर्ति पनि बन्द भएको थियो । लकडाउन सहज भएपछि गहना व्यवसाय सुचारु भएकोले बैंकबाट विक्री वितरण हुने सुनको आपूर्तिलाई पनि पुनः सुचारु गर्न आग्रह गरेको छ। साथै महासंघले साविकमा दैनिक २० के.जी. सुन विक्री वितरण हुँदै आएकोमा अब दैनिक ३० केजी सुन उपलब्ध गराउने व्यवस्था गर्न आग्रह गरेको छ।
बैंकहरुले लकडाउन पश्चात थप सुन ल्याएका छैनन्। भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा बैंकहरुले ३० लाख १८ हजार ग्राम सुन आयात गरेको छ। बैंकहरुले कुल २१ अर्ब ६ करोड रुपैयाँ बराबरको सुन आयात गरेको हो।
प्रतिक्रिया