ताजा समाचार

हप्तामा तीन मात्र सबै प्रकारका श्रम स्वीकृति खुल्दै, कुन कुन बार खुल्ला ?

विहीबार, १० असार २०७८, १८ : ५४

काठमाडौं, सरकारले वैदेशिक रोजगारीका लागि आइतबारदेखि सबै प्रकारका श्रम स्वीकृति हप्ताको तीन दिन खुल्ने वैदेशिक रोजगार विभागले जनाएको छ। 

नयाँ तथा पुनः सबै श्रम स्वीकृति हप्ताको तीन दिन जारी गर्ने निर्णय भएको छ। आइतबार, मंगलबार र बिहीबार भौतिक उपस्थितिमा श्रम स्वीकृति जारी गरिनेछ,’ विभागका निर्देशक तथा सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले बताए  


विश्वमा महामारीका रुपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरसँगै गरिएको निषेधाज्ञाका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि यसअघि विभागले केही समय भौतिक उपस्थितिमा हुने सबै प्रकारका श्रम स्वीकृति बन्द गरेको थियो। 

विहीबार, १० असार २०७८, १८ : ५४

प्रतिक्रिया