ताजा समाचार

श्रम स्वीकृति हप्तामा तीन दिन, कुन कुन बार ?

शुक्रबार, ११ असार २०७८, ११ : ०२

काठमाडौं - वैदेशिक रोजगार कार्यालय काठमाडौं ताहाचलले सामाजिक दुरी कायम गरी भौतिक उपस्थितिसहित हप्तामा तीन दिन श्रम स्वीकृति दिने भएको छ । 

यसअघि हप्तामा दुई दिन आइतबार र बुधबार श्रम स्वीकृति दिने उक्त कार्यालयले कोरोना भाइरस संक्रमण केही कम भएको भन्दै आइतबार, मंगलबार र बिहीबार गरी हप्ताको तीन दिन श्रम स्वीकृति दिने निर्णय गरेकोे हो ।  

सार्वजनिक बिदा परेमा भने श्रम स्वीकृति नदिइने कार्यालयले जनाएको छ । बायोमोट्रिक गरेका कामदारहरुले अनलाइन माध्यमबाट श्रम स्वीकृति पाइरहेका कारण सकेसम्म कार्यलयमा उपस्थित नहुन आग्रह गरेको छ ।

शुक्रबार, ११ असार २०७८, ११ : ०२

प्रतिक्रिया