कलाकारहरुको पहलमा ‘सिन्धु सहयोग कोष’ स्थापना, पहिलो दिनमै ३२ लाखभन्दा बढी सहयोग

शुक्रबार, ११ असार २०७८, १२ : ३९

काठमाडौं, सिन्धुपाल्चोकको इन्द्रावती नदीमा आएको भीषण बाढीले सर्बश्व बगाएपछि सुकुमबासी भएका बाढी पीडितलाई सहायता उपलब्ध गराउन र भत्किएको संरचना पुर्ननिर्माण गर्न कलाकारहरुको पहलमा ‘सिन्धु सहयोग कोष’ गरिएको छ । बिहीबार काठमाडौंको बत्तीसपुतलीमा आयोजित कलाकारहरुको बृहद् भेलाले कोष स्थापनाको घोषणा गर्दै आर्थिक सहयोगका लागि अपिल गरेको हो ।
 
अभिनेता कृष्ण मल्ल संयोजक र अभिनेत्री करिश्मा मानन्धर सह संयोजक रहेको कोषका लागि पहिलो दिन नै ३२ लाखभन्दा बढी संकलन भएको छ । पहिलो दिन प्राप्त भएको रकमले उत्साहित भएको बताउँदै संयोजक मल्लले थप सहायताका लागि विभिन्न व्यापारिक घरानालाई पनि आग्रह गरिने बताए । 

कोषमा करिष्मा मानन्धर, जितु नेपाल, चेतन सापकोटा, गोपालकाजी कायस्थ, जनकदीप पराजुली, किरण के।सी, सुभाष खड्का, भुवन के।सी, सुरेन्द्र के।सी, दीपाश्री निरौला, शिवहरी नेपाल, मदनदास श्रेष्ठलगायतले आर्थिक सहयोग गरेका छन् । कोषका कोषाध्यक्ष जितु नेपालले सिन्धुपाल्चोकको समस्यामा सबै एकजुट हुनुपर्ने बताउँदै स्वतः स्फूर्त सहयोगको अपिल गरेका छन् । 

शुक्रबार, ११ असार २०७८, १२ : ३९

प्रतिक्रिया