काठमाडौं - सरकारले आन्तरिकतर्फ ५० प्रतिशत नबढ्ने र अन्तर्राष्ट्रिय उडानमा तालिका र मिति तोकेर उडान खुला गर्ने निर्णय गरेपछि वैदेशिक रोजगारीमा जाने क्रम केही बढेको छ ।
हाल नेपाली कामदारको प्रमुख गन्तव्य मध्येको एक कतारमा काठमाडौंदेखि कतारको दोहा रुटमा सातामा ४ उडान शुरु भएका छन् । त्यसमा नेपाली वायुसेवाले दुई र कतार एयरवेजले दुई उडान भर्ने नागरिक उड्डययन प्राधिकरणले जनाएको छ ।
काठमाडौं दुबई रुटमा समेत सातामा चार उडानको अनुमति दिइएको छ । यसअघि हप्तामा एउटामात्र उडान रहको काठमाडौं–इस्तानबुलमा हप्ताको दुई, काठमाडौं दमाम रुटमा हप्ताको दुई, काठमाडौं–कुवेतमा हप्ताको दुई, काठमाडौं मस्कटमा हप्ताको एक र मलेसियामा हप्ताको चार उडान हुने भएको छ ।
दक्षिण कोरियामा एक र जापानमा एक उडान हुने भएको छ । सरकारले अनुमति दिएका एयरलाइन्सहरुको टिकटको मूल्यमा तीनसय प्रतिशतसम्म वृद्धि गरेका छन् ।
उडान सुचारु भएपनि महँगो जहाज टिकटका कारण स्वदेश फर्किने तथा रोजगारीमा जाने कामदारलाई असहज रहेको बताइएको छ ।
प्रतिक्रिया