पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्ने, घाटामा निगम

शुक्रबार, ११ असार २०७८, १५ : २०

काठमाडौं - नेपाल आयल निगमले कम्पनीको नोक्सानलाई कम गर्नका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपरेको बताएको छ । 

न्यूज एजेन्सी नेपालसँग शुक्रबार कुराकानी गर्दै नेपाल आयल निगम लिमिटेडका प्रवन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले अन्तर्राष्ट्रिय बजारमा क्रुड तेल र डलरको भाउ अनपेक्षित रुपमा बढेकाले नेपालमा पनि पेट्रोलियम पदार्थको मुल्यवृद्धि गर्नुपर्ने अवस्था आएको बताए । 

हाल आयल निगम निरन्तर घाटामा गइरहेको भन्दै उनले नाफा कमाउने उद्देश्यका लागि नभइ कम्पनीको नोक्सानीलाई घटाउनको लागि मुल्यवृद्धि गरिएको उनले प्रष्ट्याए । आगामी दिनमा पनि मूल्यवृद्धि हुनसक्ने उनको भनाइ छ । 

आयल निगमले असार ९ गते राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल तथा डिजेलरमट्टीतेलको साबिकको विक्रि मुल्यमा २ रुपैयाँ वृद्धि गरी नयाँ खुद्रा विक्रि मुल्य क्रमशः १२७ रुपैयाँ, ११० रुपैयाँ कायम गरेको छ । 

त्यसैगरी आन्तरिक उडानको हवाइ इन्धनमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरी ८२ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय उडानको हवाइ इन्धनमा अमेरिकी डलर २० ले वृद्धि गरी नयाँ विक्रि मुल्य अमेरिकी डलर ७४५ प्रति किलोलिटर कायम गर्ने निर्णय गरेको छ । 

यति वृद्धि गर्दा पनि आयल निकै अझै घाटामा रहने आयल निगम प्रवन्ध निर्देशक पौडेलले जानकारी दिए ।

शुक्रबार, ११ असार २०७८, १५ : २०

प्रतिक्रिया