काठमाडौं - नेपालमा चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा साढे २१ अर्ब रुपैयाँ भन्दा बढीको सुन आयात भएको छ ।
विश्व महामारीको रुपमा फैलिएको कोभिड-१९ संक्रमणका बीच गत आर्थिक वर्षभन्दा यस वर्ष बढी समय लकडाउन भएपनि सुनको आयात भने बढेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार २०७८ जेठ मसान्तसम्ममा २१ अर्ब ६० करोड ८३ लाख ७८ हजार रुपैयाँ बराबरको सुन आयात भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७६।७७ को एघार महिनाको तुलनामा चालु आर्थिक वर्ष ७ अर्ब ६० करोड ७९ लाख २८ हजार रुपैयाँ बढीको सुन आयात भएको तथ्यांक छ ।
गत आर्थिक वर्ष २०७६र७७ को ११ महिनामा १३ अर्ब ४६ करोड ४ लाख ५० हजार रुपैयाँ बराबरको २ हजार ४०० केजी सुन आयात भएको थियो ।
प्रतिक्रिया