काठमाडौं - चालु आर्थिक वर्षको ११ महिनामा सुन आयतबाट सरकारले २ अर्ब ५६ करोड ५३ लाख ४ हजार राजस्व प्राप्त गरेको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको तुलनामा यो वर्ष सुन आयातबाट राजश्व एक अर्ब धेरैले बढेको हो । गत आर्थिक वर्षको सोही महिनामा सरकारले सुन आयातबाट १ अर्ब ५० करोड ७५ लाख ७८ हजार रुपैयाँ राजस्व प्राप्त गरेको थियो ।
गत आर्थिक वर्षको ११ महिनामा सरकारले प्राप्त गरेको राजश्वको तुलनामा चालु आवको यसै अवधिमा १ अर्ब ५ करोड ७७ लाख २६ हजार रुपैयाँ धेरै राजस्व प्राप्त गरेको हो ।
प्रतिक्रिया